|

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले बजेट संविधानको मर्मविपरीत भएको दाबी गरेका छन्। ‘संघीयताको मर्मविपरीत सरकारले कार्यक्रमहरु राखेको छ,’ महतले भने।

उनले स्थानीय पूर्वधार विकास साझेदारी कार्यक्रमको नाममा गरेको रकम संविधाको मर्म विपरित भएको बताए। बजेट राष्ट्रलाई बोझ बढाउने र प्रचारमूखी भएको समेत टिप्पणी उनको छ। उनलले अनावश्यकरूपमा बजेट बढाएर वित्तीय अनुशासन उल्लंघन गरेको आरोप पनि लगाएका छन्। 

प्रत्येक वर्ष वितरण र उपभोगमा बजेट बढाउँदा मुलुकको अर्थतन्त्र कालन्तरमा टाट पल्टिनेतर्फ सरकारले नसोचेको उनको गुनासो छ। सरकारले सार्वजनिक गरेको बजेटमा ठूलो रकम कर्मचारीको तलववृद्धि सामाजिक सुरक्षाको कार्यक्रमअन्तर्गत भत्ता वृद्धि र स्थानीय पूर्वधार विकास साझेदार कार्यक्रममा विनीयोजन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.