|
File Photo

डोल्पा : हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको एउटा वडा सञ्चारको पहुँचमा जोडिएको छ। घापास्वाँरा डाँडामा निर्माण गरिएको नेपाल टेलिकमको मोबाइल टावर सञ्चालनमा आएपछि बिहिबारदेखि वडा नं ८ सञ्चारको पहुँचमा जोडिएको हो।

शे–फोक्सुण्डोमा टावर सञ्चालनमा आएसँगै वर्षौंदेखि सञ्चारविहीन रहेका करिब १ सय ४० घरधुरीका ४ सय सर्वसाधारण लाभान्वित भएका छन्। उक्त टावर निर्माणपछि एक पटकमा २४ देखि ३२ जनासम्मले सञ्चारको प्रयोग गर्न सक्ने प्रविधिक दीपक पाखरेलले जानकारी दिए।

भि–स्याट लिंक प्रबिधिबाट नमस्तेको मोबाइल टावर संञ्चालनमा आएपछि वडा नं ८ मा पर्ने रिग्मो, रिखे, तापरिजा लगायतका बस्ती सञ्चारको पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष टसी टुण्डुप गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.