|

आफ्नी पत्नी, आफ्नै भोजन र आफ्नो धन यी तीन कुरामा सन्तोष गर्नुपर्छ। अध्ययन, जप र दान यी तीन कुरामा कहिल्यै सन्तोष गर्नुहुँदैन।

सन्तोषरूपी अमृत पिएर जो तृप्त छन् उनीहरूलाई सधैँ सुख शान्ति मिल्छ।  धनका लोभी, जो हरदम यताउता भौँतारिरहन्छन्, उनीहरूलाई कहिल्यै सुख र शान्ति हुँदैन।

चाणक्य नीतिमा उल्लेख छ, शान्ति समान अर्को तप छैन। सन्तोषदेखि पर न कुनै सुख नै छ। तृष्णाभन्दा बढी अर्को रोग नै छैन। दयाभन्दा ठूलो अर्को धर्म नै छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.