|

कपिलवस्तु : संघीय समावजादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निकायको निर्वाचन तत्काल गर्नु ठीक नहुने बताएका छन्। राष्ट्रिय स्तरका समस्या समाधान नगरी गरिने निर्वाचन मधेसीहरुको लागि अस्वीकार्य हुने उनले बताए।

शनिबार कपिलवस्तुको तौलिहवामा संघीय प्रेस फोरम नेपालले आयोजना गरेको कार्यक्रममा उनले संविधान संशोधन विधेयकलाई परिमार्जन सहित पारित गरेर मात्र चुनाव हुन सक्ने धारणा राखे। 'मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएको माग अनुसार संशोधन नगरी त्यसलाई थाती राखेर कसैले पनि निर्वाचनको दिवास्वप्न नदेखे हुन्छ' अध्यक्ष यादवले भने।

उनले अहिलेको संशोधन विधेयक परिमार्जन नगरी पारित भने हुन नसक्ने बताए। मोर्चासँग छलफल नै नगरी प्रस्ताव ल्षाइएकाले अपुरो रहेको यादवले दावी गरे।

उनले एमालेका नेताहरुले राष्ट्रियताको आडमा गणतन्त्र र संघीयता समाप्त पार्न लागेको आरोप लगाए। एमालेका केही  जिम्मेवार नेताहरुको गैरजिम्मेवार अभिव्यक्तिले गर्दा मुलुकमा विखण्डन हुनसक्ने खतरा पनि यादवले औल्याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.