|

जुम्ला : गुरु चन्दननाथ बाबाको  सेरो ज्युलोमा  कालिमार्सी धान रोपिएको छ। परापूर्वकालदेखि नै चन्दननाथ गुठी समिति रोप्दै आएको मन्दिरको खेत यसपटक भने चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले रोपाइँ गरेको छ।

मार्सी चामलले बजार पाउन थालेपछि जुम्लामा सहकारीले मन्दिरको जग्गा लिजमा लिएर धान रोप्न थालेका हुन्। यसअघि परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनको लागि  सेरो ज्युलो गुठी व्यवस्थापन समितिले मार्सी धान राप्दै आएको थियो।

खेतमा मार्सी रोपाइको लागि चन्दननाथ नगरपालिकाको आर्थिक सयोग गरेको छ। मार्सी धान जोगाउन स्थानीय सरकारले अगुवाइ गर्दै आएको छन्। सहकारीले लिजमा लिए पनि सहकारीमा आबद्ध स्थानीय महिला चन्दननाथ नमुना माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीको सहभागितामा धान रोपाइँ गरियो।

चन्दननाथ नगरपालिकाकी नगरप्रमुख कान्तिका सेजुवालले रोपाइँ कार्यक्रमा बोल्दै जुम्ला जिल्ला विषादीमुक्त भएको जिल्ला भएकाले विषादी निषेध गर्ने र जैविक मल उत्पादनका लागि पहल गरिएको बताइन्। 'हामी कर्णालीवासी कृषिमा निर्भर छौँ। हामीले आयातित खाद्यान्नको भरपर्नु हुँदैन', उनले भनिन्।  

उनले बजारमा भित्रिएको खाद्यान्नले रोगी बनाएको भन्दै महिला  दिदीबहिनीलाई  स्थानीय बाली उत्पादनमा जोडन आग्रह गरिन्।

प्रजिअ बञ्जाडे रोपार्नी

चन्दननाथ सहकारी सस्थाले आयोजना गरेको चन्दननाथ बाबाको सेरा ज्युलो रोपाइँमा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे पनि 'रापार्नी' बनेकी छन्। उनी मार्सी धानको उत्पादनमा जोड दिन स्थानीय महिलासँगै रोपार्नी बनेकी हुन्।

उनले भनिन्, 'जुम्लामा फल्ने मार्सी धानको पहिचान बचाउन हामी सबैले हातेमालो गर्न आवश्यक छ।' उनले जुम्लामा आएर पहिलोपटक मार्सी धान राप्ने अवसर पाएको बताइन्। उनी स्थानीय पोषाकमा रोपार्नी भएर खेतमा मार्सी धान रोप्न छिरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.