|

जाजरकोट : आयोजक जाजरकोटले त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।  शनिबार फाइनल खेलमा सल्यानलाई ८ विकेटले पराजित गर्दै जाजरकोटले उपाधि जित्यो। 

टस हारेर पहिले ब्याटिङ गरेको सल्यान १५ ओभरमा १ सय १३ रन बनाउने क्रममा अलआउट भएको थियो। सल्यानबाट चन्द्र राणाले २९ रन, शम्शुधिन अन्सारीले २१ रन जोडे। जाजरकोटबाट जीवन शाहीले ५ र बिपिन भँडेलले ३ विकेट लिए। 

१ सय १४ रनको लक्ष्य  जाजरकोटले १० ओभर ४ बलमै पुरा गर्‍यो। जाजरकोटबाट रमेश सिंहले अविजित ६० रन र अविनास अधिकारीले अविजित ३२ रन बटुले।  जाजरकोटका रमेश सिंह म्यान अफ द म्याच घोषित भए।

जाजरकोटकै जीवन शाहीले प्लेयर अफ दि सिरिजको उपाधि जिते। बेस्ट ब्याट्सम्यान जाजरकोटकै अविनास अधिकारी र बेस्ट वलरको अवार्ड जीवन शाहीले  जितेको  जाजरकोट क्रिकेट युवा क्लबका अध्यक्ष अनिश कार्कीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.