|

धनगढी : कैलालीस्थित धनगढी विमानस्थल थप एक साता बन्द हुने भएको छ। धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र बिस्तारको काम सम्पन्न नभएपछि विमानस्थल थप एक साता बन्द हुन लागेको हो। 

पहिलो पटक धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र बिस्तारको लागि बैशाख २१ गतेदेखि जेठ २२ गतेसम्म विमानस्थल बन्द गरिएको थियो। यो अवधिमा काम सम्पन्न नहुने भए पछि जेठ २८ गतेबाट विमानस्थल बन्द गर्न लागिएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले जानकारी दिए।

अहिले तीनवटा मात्रै साना जहाज पार्किङ गर्न मिल्ने विमानस्थल अब चार वटा ठूलै जहाज पार्किङ मिल्ने गरी बन्न लागेको उनको भनाई छ। मौसमले साथ दिएमा अबको ५ दिनमा विमानस्थलमा हवाई उडान सुचारु हुने गरी काम हुने लुम्बिनी, कोशी, न्यौपाने-खड्का र कृष्ण जेभीका इन्जिनियर सचिन थापाको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.