स्वच्छ र सफा छ भने पुरानो वस्त्र पनि सुन्दर देखिन्छ। धैर्यमा दरिद्रताले पनि शोभा पाउँछ। तातो छ भने कुअन्न पनि मीठो लाग्छ। नीतिकार चाणक्य भन्छन्, सुशीलता भए कुरूपता पनि सुन्दर देखिन्छ।
गुणविनाको सुन्दरता के कामको! गुणले रूपलाई सजाउँछ। शील नभएको कुलको के अर्थ! शीलले कुललाई सिंगार्छ। सिद्धि नभएको विद्या के काम! सिद्धिले विद्यालाई सार्थक बनाउँछ। नभोगेको धन भए पनि के काम! भोगले धनको औचित्य पुष्टि गर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।