|

रुकुम : रुकुममा पहिलो पटक मध्यपश्चिम क्षेत्र स्तरीय पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ। रुकुम उद्योग वाणिज्य संघ रुकुमको आयोजनामा महोत्सव हुन लागेको हो। सदरमुकाम खलंगास्थित कार्यालयमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो। 

रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव आयोजक समिति संयोजक टेकबहादुर पुनले आगामी  फागुन १२ देखि २१ गतेसम्म सदरमुकाम खलंगास्थित बराहटाकुरमा महोत्सव सञ्चालन हुनेछ।

उनका अनुसार महोत्सवलाई भब्य र सभ्य बनाउन तयारी स्वरुप बिभिन्न गतिविधिहरु भइरहेका छन्। महोत्सवले जिल्लाको व्यापार, पर्यटन, कृषि र कलासंस्कृतिको प्रवर्द्धन र प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जसअनुसार महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रहरुको हेलिकोप्टर मार्फत अवलोकन, प्याराग्लाडिङ र सानीभेरी नदीमा र्‍याफ्टिङ सञ्चालन गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.