|
Photo: kumawartmukeshbadiwal.blogspot.com

अति सुन्दरताले सीता हरिन पुगिन्। अति घमण्डले गर्दा रावण मारियो। अति दान गर्नाले बलिले सर्वस्व गुमाउनु पर्‍यो। त्यसैले सबै ठाउँमा अतिलाई छाड्नुपर्छ।

विनाशकाले विपरीत बुद्धि

सुनको (जीवित) मृग न पहिले कसैले बनायो। न देख्यो। न कसैले सुनेकै छ। तैपनि रघुनन्दन (भगवान् राम) को तृष्णा त्यसमाथि उठ्यो। त्यसैकारण सीताहरण भोग्नुपर्‍यो। सत्य हो, विनाशका वेला बुद्धि विपरीत हुन्छ।

बारम्बार पाइँदैन मानव चोला

चाणक्य नीतिमा उल्लेख छ– धन, मित्र, स्त्री पृथ्वी यी सबै धेरैपल्ट प्राप्त हुन्छन् तर मानव शरीर एकपटक मात्र पाइन्छ। बारम्बार पाइँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.