छापा

तल तल गयो तराईमा पानी
SHARES

प्रतीकात्मक तस्विर
जेठ २६, २०७६

    जनकपुरधाम :   यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ,चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ। तर, घाम उदाएपछि सुक्छ।

    ‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो। अहिले १ सय फिट गाड्दा पनि पिउनयोग्य पानी भेटिँदैन’, जनकपुरका वरिष्ठ पत्रकार विष्णुमणि खनालले अनुभव सुनाए, ‘पानी आइहाले पनि सुक्खामौसममा सुकेर जान्छ।’

    पानी अभाव हुनुमा चुरे विनाश मुख्य कारण रहेको उनको ठम्याइ छ। उनी भन्छन्, ‘तराईमधेसको चुरे जंगललाई जोगाउन नसके भित्री तराईमधेस मरुभूमिमा परिणत हुन्छ, अनि हामीले गाईभैंसी पाल्न छोडेर उँट पाल्नुपर्नेछ।’

    धनुषाको पूर्वपश्चिम राजमार्गमा पाँचवर्ष पहिले ५०–६० फिटमा पानीको सतह पाइन्थ्यो। अहिले सोही स्थानमा १०० फिटमा समेत पानी भेट्टाउन मुस्किल हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जलेश्वरका इन्जिनियर विजय यादव बताउँछन्। ‘वैज्ञानिक कारण त अनुसन्धानबाट पत्ता लाग्ने विषय हो। सरसर्ती हेर्दा पानी रिजर्भ नभएका कारण सतह तल गएको देखिन्छ।’

    खानेपानी कार्यालय जनकपुरका प्रमुख विनोद मि श्रका अनुसार चुरे विनाशले पानीको सतह घट्दै गएको हो। उनले भने, ‘चुरे क्षेत्रको जलाधार क्षेत्र धमाधम पुरिँदै जाँदा पानीको सतह घट्न गई हाहाकार मच्चिन लागेको हो। ’

    सामुदायिक वन उपभोक्ता महासंघ धनुषाका अध्यक्ष सोम शर्माले पनि चुरे क्षेत्रको अत्यधिक दोहनले पानीको मुहान सुक्न थालेको बताए। उनले भने, ‘हुनेखानेले त जारको पानी किनेर तिर्खा मेटिरहेका छन्, नहुनेले घन्टौं हिँडेर पानीको जोहो गर्छन्।’ उनले माथिल्लो क्षेत्रमा पानीको रिचार्ज हुन नपाउँदा पानीको सतह तल जान थालेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]