|

विगतको शोक गर्नु हुँदैन। भावी (पछि हुने) को चिन्ता पनि गर्नु हुँदैन। वर्तमानमा कर्ममा लागिरहनु पर्छ।

धनसम्पत्ति आदिको व्यवहारमा, विद्या पढ्न–पढाउनमा आहार र राजाका सभामा तथा कसैसँग विवाद गर्नमा जसले लज्जा त्याग्न सक्छ त्यो नै सुखी हुन्छ।

बुद्धिमान व्यक्तिले आहार(खाना) को चिन्ता गर्नु हुँदैन। धर्म र कर्तव्यलाई मात्र सोच्नुपर्छ। आहार प्राणीको जन्म साथथसाथै उत्पन्न भएको हुन्छ।

विचार नगरी खर्च गर्ने, असहाय भएर पनि कलह गर्न रुचाउने र अर्काकी पत्नीको भोगमा लालच राख्ने मानिस चाँडै नै नष्ट हुन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.