|

हेटौँडा : मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना भएका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन्। जेठ १९ मा अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक साता अस्पताल बसाइपछि डिस्चार्ज भएका हुन्। 

नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लाष्टि गरिएको थियो। मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुगेका मुख्यमन्त्री पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए।

अस्पतालका मुटुरोग विषेशज्ञ डा. चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरेको थियो। मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएसँगै एक साताका लागि सार्वजनिक कार्यक्रम स्थगित गरिएको थियो।

मुख्यमन्त्री अस्वस्थ भएपछि जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्समेत स्थगित भएको थियो। जेठ २९ र ३० मा हुने परिषद्को बैठकमा सहभागी हुन मुख्यमन्त्री पौडेल मङ्गलबार हेटौंडा आउने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार परिषद् बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.