|

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका प्रचार विभाग प्रमुख लिउ छिपाओ नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विभिन्न दलका शीर्ष नेताहरुलाई भेट्ने तयारी गरेको छ। 

आइतबार नेपाल आएको टोलीले प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी ओ लीसँग बेग्लाबेग्लै भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। छिपाओले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए। 

भेटमा चिनियाँ राष्ट्रपति सी जिन फिङका भाषणहरु समेटिएको पुस्तक विमोचन भएको थियो भने राष्ट्रपति सिको नेपाल भ्रमणबारे कुराकानी भएको थियो। लिउ नेतृत्वको टोली पर्यटन मन्त्रालय तथा चीनको संस्कृति मन्त्रालयद्धारा आयोजना गरिएको सातौ चिनियाँ महोसत्वको उद्घाटन समारोहमा सहभागी हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.