|
File Photo

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असारको तेस्रो हप्ता मात्रै आउने भएको छ। अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा आउने गर्थ्यो तर यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी अभाव हुनु जस्ता विविध कारणले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको हो। 

राष्टिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले उत्तरपुस्तिका जाँचको काम भए पनि नतिजा असारको तेस्रो हप्ता मात्रै सार्वजनिक गर्नेगरी तयारी गरेको बताए। ‘प्रदेश २ मा प्रश्नपत्र बाहिएपछि हामीलाई ८-१० दिन ढिला भयो,’ उनले भने, ‘त्योसँगै कर्मचारी समायोजनको कामले झन समस्या थपिदियो।’ परीक्षाले नै लामो समय लिएपछि नतिजा प्रकाशनमा ढिलाई भएको उनको भनाइ छ। उनका अनुसार अहिले डाटा इन्ट्रीको काम भइरहेको छ।

चैत १० बाट सञ्चालित एसइई परीक्षामा प्रदेश २ मा परीक्षा हुनुभन्दा अगावै प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएका विषयको परीक्षा २२ चैतबाट सञ्चालन गरिएको थियो। परीक्षामा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.