आन्दोलनलाई रवीन्द्र मिश्रको साथ

|

काठमाडौं : लोकसेवाका परीक्षार्थीले बुधबार पनि राजधानीमा प्रदर्शन गरेका छन्। उनीहरुले राजधानीको माइतीघर मण्डलामा जम्मा भएर संसदको राज्य व्यवस्था समितिविरुद्ध नाराबाजी गरेका हुन्।

लोकसेवाको परीक्षा तयारीमा आएका हजारौँ विद्यार्थी राज्य व्यवस्था समितिको निर्देशनपछि निराश भएका छन्। 

स्थानीय तहमा भर्ना गर्न ९ हजार १ सय ६६ जना कर्मचारीका लागि जेठ १५ गते लोक सेवाले खोलेको विज्ञापन संसदको राज्य व्यवस्था समितिले रद्द गर्न निर्देशन दिएसँगै परीक्षार्थी आन्दोलित भएका हुन्। 

समितिले स्थानीय तहमा भर्नाका लागि खोलिएको लोकसेवा संविधान अनुसार समावेशी नभएको दाबी गरेको थियो । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने अघि बढेको प्रक्रिया रद्द नहुने बताएका छन्। 

युवाहरुको आन्दोलनमा साथ दिन बुधबार साझा पार्टीका अध्यक्ष रवीनद्र मिश्र पनि माइतीघर पुगेका छन्। 

उनले त्यहाँ पुगेर सम्बोधन गर्दै आफ्नो र देशका लागि लडिरहन आग्रह गरे। ‘यो देश कसैको विर्ता होइन, तपाईंहरुले आज आफ्ना लागि आवाज उठाए जस्तै अरु बेला पनि उठाउन सक्नुपर्छ’, उनले भने, ‘तपाईं जे लाई घर भन्नु हुन्छ, त्यो झुपडी हो। त्यो झुपडीबाट आउनुभएको छ। तपाईंहरु अघि बढ्नुस्, हामी होस्टेमा हैँसे गरौँला। तर हरेक राष्ट्रिय महत्वको मुद्दामा बोल्नुपर्छ।’

यो देश सबैको भविष्य भएको बताउँदै मिश्रले यो आन्दोलनमा सबैले होस्टेमा हैँसे गरेर अघि बढ्ने प्रतिवद्धता पनि जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.