|

काठमाडौं : चर्को नारा लगाउँदै माइतिघरदेखि बानेश्वर तर्फ एक हुल युवा लामबद्ध लाइन लागेर नाराबाजी गरिरहेका छन्। 

गाडीमा बसेका युवाले माइकमा भन्दै छन् साथीहरुहो हामी अनुशासित भएर आन्दोलन गरौं एउटा लाइनमा बसेर नारा लगाउनुहोस्।  विगतमा यस्ता आन्दोलन सायदै देखिएका छन्।

संघीय सरकारको राज्य व्यवस्था समितिले लोकसेवा आयोगको विज्ञापन रोक्न सरकारलाई निर्देशन दिएसँगै आफू अन्यायमा परेको भन्दै विगत केहि दिनदेखि परीक्षार्थी सडकमा उत्रिएका हुन्। 

समितिको निर्देशन पछि सरकर र संसदमा चर्को विवाद देखिएको छ। सररकारले लोकसेवाको विज्ञापन कानुनसम्मत नै भएको भन्दै नरोक्ने अडानमा छ। सर्वोच्चमा पुगेको विवाद पनि दुवै पक्षलाई बोलाएर छलफल गरी निष्कर्षमा पुग्ने सर्वोच्च अदालतको निर्णयले लोकसेवाको तयारी गरेर बसेका युवाहरुको भविष्य अन्योलमा भएको छ। लोकसेवाले भने लोकसेवाको विज्ञापनका लागि दरखास्त लिइरहेको छ। बुधबारसम्म एक लाख युवाले दरखास्त दिएको लोकसेवाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.