|

काठमाडौं : सिन्धुपाल्चोक इन्द्रावतीको ५० वर्षीया रामप्यारी थापा गत बिहीबार ९ बजेतिर स्वास्थ्य परीक्षण लागि चावाहिलस्थि ओम अस्पतालमा पुगिन्। परीक्षणपछि ओमका चिकित्सकले पित्तथैलीमा पथरी रहेको भन्दै शल्यक्रियाका लागि सुझाए।

दुवै पक्षको सल्लाहअनुसार शुक्रबार अर्थात् भोलिपल्ट आउने अस्पताल भर्ना हुने र शल्यक्रिया गर्ने निर्णय भयो। सोहीअनुसार शुक्रबार घरपरिवारलाई खाना खुवाएर अस्पतालमा भर्ना हुने उनी आफ्नी दिदीसँगै अस्पताल गुगिन्।

शल्यक्रियाका लागि रामप्यारी खाली पेटमा अस्पताल पुगिन र भर्ना भइन्। शुक्रबार बेलुका उनको शल्यक्रिया भयो। शल्यक्रिया राम्रो भयो भन्दै चिकित्सक अप्रेशन थियटरबाट बाहिरिए।

तर, चिकित्सकले शल्यक्रिया राम्रो भयो भने पनि बिरामीको अवस्था थप जटिल बन्दै गयो। शनिबारदेखि नै बिरामी झनझन सिकिस्त हुँदै जाने, व्लड प्रेसर लो, स्वासप्रस्वास समस्या हुँदै जाने जस्तो देखियो।

त्यसपछि अरू चेकजाँच भिडियो सिटिस्क्यानजस्ता सबैखाले परीक्षण फटाफट गरियो। अस्पतालले आइतबार मात्र रामप्यारीको आन्द्रामा प्वाल परेको पत्ता लगायो।

अस्पतालका डाक्टर रवीन कोइरालाको भनाइ अनुसार अप्रेशनका क्रममा सानो आन्द्रामा प्वाल परेको रहेछ।  त्यसलाई नटालिकन बाहिरी छालाको प्वाल टालेपछि बिरामीको अवस्था क्रिटिकल बनेको हो।

त्यसपछि अर्को शल्यक्रिया गरियो। अर्को अपरेशनका क्रममा मलद्वारतर्फ जाने डेढ मिटर आन्द्रा काटेर फ्याकिएको डा. कोइरालाले बिरामीका आफन्तलाई जानकारी दिए। अप्रेशनपछि रामप्यारीलाई भेन्टिलेशनमा राखियो।

आन्द्राको प्वाल नटालेपछि आन्द्राबाट मलद्वारबाट निस्कनुपर्ने फोहर त्यहि आन्द्राको प्वाल परेको ठाँउबाट लिकेज भएर पेटभरी फैलिएपछि बिरामीको अवस्था एक्कासी नाजुक हुँदै गयो। आइसियुमा रहेकी थापाको बिहिबार बिहान ७ बजे मृत्यु भएको हो।

क्षतिपूर्तिको माग

उपचारमा लापरवाही भएर आफन्तको मृत्यु भएको भन्दै मृतकका आपन्तले अहिले पनि अस्पताल प्रशासनमा नारावाजी गरिरहेका छन्।

उनीहरूले यसबारे उचित छानबिन हुनुपर्ने, डाक्टरले माफी माग्नुपर्ने र उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने बताउँदै चर्का नाराबाजी गरेका छन्। यसै बीचमा बिरामीका आफन्तले घटनाको छानबिनको लागि मडिकल काउन्सिलमा समेत उजुरी गरिसकेको बताइएको छ।

 के भन्छ अस्पताल प्रशासन ?

अस्पताल प्रशासनले उपचारका क्रममा लापरवाही नभएको दाबी गरेको छ। अस्पतालका कार्यकारी निर्देशक डा. केपी देवकोटाले विरामीको उपचारमा लापरवाही नभइ उपचारको क्रममा संक्रमण फैलिएर मृत्यु भएको बताए।

उनले भने ‘हामीले उपचारमा लापरबाही गरेका छैनौँ। बिरामी पहिलदेखि नै विभिन्न रोगबाट ग्रसित हुनुहुन्थ्यो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.