|

ओमनको खाडीमा कच्चा तेलका दुई ट्यांकरमा विस्फोट भएको छ। विस्फोटपछि त्यहाँ रहेका दर्जनौँ कर्मचारीलाई सकुशल उद्धार गर्न गरिएको छ।

इरानी अधिकारीहरूका अनुसार कोकुका करेजियास ट्यांकर बोर्डबाट २१ जना र फ्रन्ट अल्टायरबाट २३ जनालाई सुरक्षित बचाउ गरिएको हो। यो संसारकै सबैभन्दा व्यस्त तेल रुट हो।

उक्त विस्फोटको कारण भने खुल्न सकेको छैन। संयुक्त अरब इमरेट्स (युएई)का चार ट्यांकरमाथि गरिएको विस्फोटको एक महिनापछि यस प्रकारको विस्फोट भएको हो।

उक्त घटनापछि कच्चा तेलको मूल्यमा भारी वृद्धि हुने अनुमान गरिएको बिबिसीले उल्लेख गरेको छ। ब्लुमवर्गको एक रिपोर्टअनुसार बिहीबार भएको यो घटनाले कच्चा तेलको मूल्यमा ४.५ प्रतिशत वृद्धि हुन सक्ने छ।

विस्फोटको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन। नर्वे म्यारी टाइम अर्थोरिटीका अनुसार फ्रन्ट अल्टायरको ट्यांकर उसको थियो र त्यसमा विस्फोट भएको छ।

फ्रन्ट अल्टायरलाई टाइवान सरकारको तेल रिफाइनरी कम्पनी सिपीसी कर्पोरेशनले भाडामा लिएको थियो।

कोकुका करेजियसको सञ्चालन गर्ने कम्पनी बिएसएम शिप म्यानेजमेन्ट कम्पनीका अनुसार क्रुलाई उक्त जहाजको नजिकबाट जाँदै गरेको अर्को जहाजले बजाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.