|

काठमाडौं : स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन फिर्ता नलिए सडक आन्दोलनलाई चर्काउने चेतावनी दिइएको छ।

लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संसदीय समितिले दिएको सो निर्देशन तत्काल फिर्ता नलिए सडक आन्दोलनलाई चर्काउन बाध्य हुने चेतावनी दिएको हो। समितिका संयोजक मंगल थापाले लाखौं विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेगरी आएको संसदीय समितिको सो निर्देशन असार ३ गतेभित्र पनि फिर्ता नभए आफूहरू सडक आन्दोलनलाई झनै चर्काउन बाध्य हुने चेतावनी दिए।

समितिले संविधानको भावनाविपरीत स्थानीय तहमा तत्कालका लागि करारमा कर्मचारी नियुक्त गर्ने संसदीय समितिको निर्देशन पनि राजनीतिक कार्यकर्तालाई पोस्ने गरी आएको निष्कर्ष निकाल्दै आपत्ति जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.