|

काभ्रे : अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाचँखाल नगरपालिका ४ तिनपिप्लेमा सोमबार दिउँसो टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

बढी लोड भएका कारण ब्रेक फेल भएर बा ३ ख ६६६९ नम्वरको टिपर पल्टिदा बाटोमा बसिरहेका स्थानीय ठाकुर निमाविका शिक्षक कृष्ण त्रिपाठीको मृत्यू भएको हो। ‘चालकका अनुसार बढी लोड भएर ब्रेक नलागेपछि नालीतिर पल्टिन जाँदा किचेर मृत्यू भएको हो’ जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख एसपी सहकुल बहादुर थापाले भने।

सोही टिपर पल्टेर थिच्दा अर्का शिक्षक प्रकाश बानियाँ घाइते भएका छन्। घाइते बानियाँको उपचार धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

घटना लगतै टिपर चालक फरार रहेपनि प्रहरीले नियन्त्रणमा लिइसहेको एसपी थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.