|
vectorstock.com

नीतिकार चाणक्य भन्छन्,  एक एक थोपा जलले घडा भरिन्छ। विद्या, धर्म र धन पनि यस्तै हुन्। सञ्चय गर्नाले नै भरिन्छ।

शास्त्र अनन्त छ। विद्या धेरै छन्। समय थोरै छ। विघ्नहरू धरै छन्। त्यसैले सारतत्त्वलाई हाँसले पानीबाट निकालेझैँ निकाल्न सक्नुपर्छ। 

प्रवासमा रहँदा विद्याले हित गर्छ। घरमा स्त्री वा पुरुष मित्र हुन्छन्। रोगग्रस्त व्यक्तिको हित औषधिले गर्छ। मरेकाहरूको उपकार धर्मले गर्छ।

आउने दुःखका निम्ति पहिल्यै सोचिराख्ने र विपत्ति आउनासाथ उपाय सोचिहाल्ने व्यक्ति सुखी हुन्छन्। तर भाग्यवस जे होला भन्ने व्यक्तिहरूले दुःख पाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.