|

काठमाडौं :  एमालेको युवासंगठन युवा संघ नेपालले दुर्गा तिवारीको हत्या विरोधमा भोली  लुम्बिनी बन्द आव्हान गरेको छ।

'क. दुर्गा तिवारीको हत्याको विरोध र सत्य तथ्य पत्ता लगाउनका लागि दबाब स्वरुप पुस ५ गते लुम्बिनी वन्दको  आव्हान गरिएको छ,' युवा संघका प्रवक्ता प्रभात विक्रम कट्वालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष तिवारीमाथि सोमबार ३ बजे देवदहमा गोली प्रहार भएको थियो। उनको उपचारका क्रममा मृत्यु भयो। युवा संघ नेपालले तिवारीको हत्याको छानविनका लागि हत्या समिति बनाउने निर्णय गरेको छ। घटनाको विरोधमा प्रत्येक जिल्लामा २ घन्टा चक्का जाम गर्ने युवा संघ नेपालका केन्द्रिय पदाधिकारीहरुले बताएका छन्। त्यस्तै युवा संघ नेपालले झन्डा आधा झुकाउने निर्णय गरेको छ।

घटनापछि युवा संघ नेपालका केन्द्रिय सदस्यहरु भोली रुपन्देही जाँदैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.