|

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले चौंथो जित निकालेको छ।

लण्डनमा शनिबार भएको खेलमा श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलियाले चौंथो जित निकालेको हो। केनिङटन मैदानमा अष्ट्रेलियाले दिएको ३३५ रनको फराकिलो लक्ष्य पछ्याएको श्रीलंका ४५ ओभर ५ बलमा अलआउट हुँदै २४७ रनमा समेटियो। 

कप्तान दिमुथ करुनारत्नेले ९७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि श्रीलंकालाई हारबाट जोगाउन सकेनन्। कुशल परेराले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।  यस्तै कुशल मेन्डिसले ३० रन बनाए। श्रीलंकालाई सस्तैमा रोक्न अष्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिए। केन रिचार्डसनले ३ तथा पाट कुम्निसले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३४ रन बनाएको थियो। अष्ट्रेलियाको फराकिलो स्कोरमा कप्तान आरोन फिन्चले शतकीय इनिङ्स खेले। फिन्चले १५३ रन बनाए। यस्तै स्टिभ स्मिथले ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा ग्लेन म्याक्सवेलले अविजित ४६ रन बनाए। डेभिड वार्नर २६ रनमा आउट भए। श्रीलंकाका इशुरु उडाना र धनन्जय डी सिल्भाले २/२ विकेट लिए।

यो जितसंगै अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अष्ट्रेलियाले ५ खेलबाट ४ जित र १ हारसहित ८ अंक जोडेको छ। त्यस्तै अर्को खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हरायो। प्रतितयोगिता अन्तरगत आज भारत र पाकिस्तानबीच खेल हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.