|

काठमाडौं : काठमाडौंमा मंगलबारदेखि जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको १३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुँदैछ। 

भृकुटीमण्डपमा हुने प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ। आत्मनिर्भरताको आधार स्वदेशी वस्तुको प्रयोग नाराका साथ हुने प्रदर्शनी पुस ११ गते सम्म चल्नेछ। एउटै छानामूनि बुटदेखि सुटसम्म प्राप्त गर्न सकिने प्रदर्शनीमा जुत्ता चप्पल उद्योगहरु र नेपाल कपडा तथा सिलाई व्यवसायीका गरी १ सय २५ वटा स्टल रहने छन्। 

विभिन्न खाले जुत्ता, सर्टपाईन्ट र सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडा, सर्टिङ्ग सुटिङ्गका डिजाईन तथा खानेकुराका स्टलहरु राखिने आयोजक जुत्ताचप्पल उत्पादक संघले जनाएको छ। यस्तै, जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उत्पादनमा प्रयोग गरिने सहायक कच्चा पदार्थका उत्पादन समेत प्रदर्शनीमा राखिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.