|

  • रमेश रावल-

कालिकोट : कर्णालीका केही जिल्लामा स्थानीयस्तरमा पाइने जडिबुटीबाट चिया उत्पादन हुन थालेको छ। कुनै उपयोगिताबिना खेर गइरहेको स्थानीय जडिबुटीको प्रयोग गरेर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामा चिया उत्पादन गर्न थालिएको हो। 

जडिबुटीबाट उत्पादन गरिएको चियाको माग स्थानीयस्तरमा मात्र नभएर अन्य शहरमा समेत हुन थालेपछि किसानहरू जडिबुटीबाट चिया उत्पादनको कार्यमा आकर्षित भएका छन्। स्थानीयस्तरमा पाइने जडिबुटीहरु घोडामर्चा, तुलसी, डालेचुक, पाखनवेद, पदमचाल, दालचीनीका पात, उतिसको बोक्रालगायतबाट चिया उत्पादन गर्ने गरेको मुगु श्रीनगर-६ तुमका जडिबुटी चिया उत्पादक खड्कसिंह बुढाले बताए। ‘स्थानीयस्तरमा पाईने जडिबुटीको प्रयोग गरेर ‘रारा हर्बल’ चियाको उत्पादन गर्ने गरेको छुँ’, उनले भने– ‘चियामा ११ प्रकारका जडिबुटी मिसाएर तयार पार्ने गरेको छुँ।’

कर्णालीमा जडिबुटीबाट उत्पादन भएको चियाको माग पछिल्लो समयमा देशका ठूला शहरमा समेत रहेको कर्णाली जडिबुटी प्रसोधन केन्द्र कालिकोटका अध्यक्ष अजय गिरीले बताए। ‘कर्णाली जडिबुटी चियाको माग जिल्लामा भन्दा देशका ठुला सहरमा बढी छ’, उनले भने– ‘माग अनुसारको उत्पादन नै गर्न सकिएको छैन।’

जडिबुटी संकलन गरेर स्थानीयलाई रोजगार समेत हुन सकिने र स्थानीयस्तरमा खेर जाने गरेको जडिबुटीको प्रयोगबाट राम्रो आम्दानी गर्न सकिने पूर्व कर्णाली विकास आयोगका सदस्य तथा हिमालयन कर्नर उद्योगका संचालक दिपक बुढाले बताए। ‘कर्णालीमा खेर गइरहेको जडिबुटीबाट राम्रो आम्दानी लिन सकिन्छ’, उनले भने– ‘कर्णालीमा रहेको बेरोजगारी समस्या समधान गर्न यसले सहयोग गरेको छ।’

कर्णालीमा सबै ठाउँमा पाइने जडिबुटी त्यत्तिकै खेर जाने गरेको त्यसलाई प्रयोग गरेर स्थानीय रुपमा नै राम्रो आम्दानी लिन सकिने ‘रारा हर्वल चिया’ संचालक बुढाले बताए। ‘मुगुकै स्थानीयस्तरमा बनेको चियालाई धेरैजसो रारा भ्रमणका लागी आउने पर्यटकहरुले लिने गरेका छन्’, उनले भने– ‘मासिक रुपमा १५ हजारदेखि २० हजारसम्म आम्दानी हुने गरेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.