|
khgx.artstation.com

नराम्रो गाउँको बास, नीच कुलको सेवा, खराब भोज, कलह गर्ने श्रीमान् वा श्रीमती, मुर्ख छोरा र विधवा छोरी यी ६ वटाले विना आगोले नै शरीरलाई जलाउँछ।

चाणक्य भन्छन्, सांसारिक तापले जलेका मानिसका लागि शान्ति दिने तीन कुरा छन्। ती हुन्, पति वा पत्नी, सन्तान र सज्जनहरूको संगत।

घेटेर, काटेर, पोलेर र पिटेर जसरी सुनको परीक्षा गरिन्छ त्यसैगरी दान, शील, गुण र आचार यी चार प्रकारले मानिसको परीक्षा हुन्छ।

अभ्यासबाट विद्या र सुशीलताबाट कुल कस्तो रहेछ भन्ने खुल्छ। गुणले सज्जन वा मुर्ख छुट्टिन्छ। आँखाबाट रिस थाहा पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.