|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसद बैठकमा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीले युरोप भ्रमणसहित समसामयिक राजनीतिबारेमा प्रतिनिधिसभामा आफ्ना धारणा राख्ने भएका हुन्। प्रधानमन्त्री कार्यालयले संसदमा धारणा राख्नका लागि विशेष समय माग गरेको संसद सचिवालयले जानकारी दियो। सोहीअनुसार समय व्यवस्थापन गरिएको छ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले विवादित बनेको गुठी विधेयकबारे पनि धारणा राख्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

गुठी विधेयकको विरुद्ध प्रदर्शन चर्किएपछि प्रधानमन्त्रीले यसको समाधान खोज्न छलफललाई तीव्रता दिएका छन्।

प्रधानमन्त्री हालै ९ दिने युरोप भ्रमण सकेर फर्किएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.