|
फाइल फोटो

अछाम : सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनीलाई दिन नहुने बताएका छन्। उनले उक्त आयोजना नेपाल सरकार आफैले बनाउनुपर्ने बताएका छन्।

नेकपा अछामले बुधबार आयोजना गरेको सभामा नेता रावलले आयोजना निर्माण गर्न नेपाल सरकारसँग क्षमता भएको दाबी गरेका थिए।

आयोजना निर्माणका लागि भारतीय कम्पनी जिएमआर कम्पनीलाई जिम्मा दिन नहुँने रावलको भनाइ थियो। ९०० मेगावाट क्षमताको सबैभन्दा सस्तोमा निर्माण हुने सम्भावना रहेको अपरकर्णाली आयोजना निर्माणको जिम्मा सरकार आफैँले लिएर समयमै सम्पन्न गर्नुपर्ने नेता रावलको भनाइ थियो।

सुदूरपश्चिम र कर्णाली प्रदेशको समृद्धिसँग जोडिएको अपर कर्णाली जलविद्युत् आयोजनालाई तत्काल अगाडि बढाउन सरकार अग्रसर रहनुपर्नेमा नेता रावलको जोड थियो।

रावलले जनताका समस्या समाधानका लागि आफू र आफ्नो पार्टीका नेता कार्यकर्ताले जनताको मतको शिरोधार्य गर्दै अधि बढ्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.