|

काठमाडौं :  मंगलबार राज सरगमद्वारा लिखित उपन्यास 'छाउघर' सर्वजानिक गरिएको छ। सुदूरपश्चिममा चलिआएको सामाजिक समस्या छाउपडी प्रथामा आधारित उक्त उपन्यास वरिष्ठ कलकार हरिवंश आचार्य र पूर्व मिस नेपाल माल्भिका सुव्बाले सार्वजानिक गरेका थिए।

सुदूर पश्चिममा महिलाहरु महिनावारी भएका बेलामा घरदेखि टाढा रहेको गोठमा बस्ने सामाजिक परम्परा छ। महिनावारी भएका बेला बस्ने घरलाई छाउघर भन्ने गरिन्छ।

उपन्यास विमोचन कार्यक्रममा माल्भिकाले आफू महिनावारी हुँदा भोगेका केही घटनाहरु सुनाइन्। लिम्बु परिवारकी माल्भिकाले नेवार युवक रियाजसँग अन्तर्जातीय विवाह गरेर छोरा समेत जन्माइसकेकी छन्।

उनले विवाहअघि धेरै समस्या भोग्नु नपरे पनि पछि भने महिनावारी भएका बेला घरमा धेरै समस्या भोग्नुपरेको बताइन्। माल्भिकाले महिनावारी हुँदा पूजा पाठ गर्न नहुने, भान्सामा काम गर्न नहुने, कोही पुरुषलाई छुन नहुने जस्ता समस्या विवाहपछि भोगेको अनुभव सुनाइन्।

आफूले छुई हुँदा पनि पूजा गरेको पनि खुलासा गरिन्। छोराको पास्नीका बेलामा आफू महिनावारी भएपछि तनावमा परेकी माल्भिकाले रोचक अनुभव पनि सुनाइन्। महिनावारी भएका बेला पूजा गरे देवता रिसाउने भन्ने मान्यता पनि गलत भएको माल्भिका बताउँछिन्।

उनले आफ्नो छोराको पास्नीमा छुई भएपनि कसैलाई नभनेर पूजापाठ गर्नुका साथै छोरालाइ भात खुवाएको पनि बताइन्। "कसैलाई भनेको भए  छोरालाई भात खुवाउन नपाउने डरले छुई भएको कुरा मैले नभनी भात खुवाएँ, अनि पूजा पनि गरेँ, खै त देवता रिसाएको ?' उनले भनिन्।

महिलाहरुमाथि मात्र पर्ने यो समस्या अन्त्यका लागि उनीहरु आफै सक्रिय हुनुपर्ने माल्भिकाको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.