|

काठमाडौं- टाइब्रेकरमा इटालीलाई ६-५ ले हराउँदै विश्व च्याम्पियन जर्मनी युरोकपको सेमिफाइनलमा यात्रा पक्का गरेको छ।

निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल एक्स्ट्रा समयमा धकेलिएको थियो। थपिएको ३० मिनेटमा दुबैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो।

खेलको पहिलो हाफ गोलरहित बराबरी रहेकोमा दोस्रो हाफको ६५औं  मिनेटमा जर्मनीले १-० को अग्रता लिएको थियो। ७८औं मिनेटमा इटलीले पाएको पेनाल्टीमा सदुपयोग गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो।

खेल सुरु भएको ५औँ मिनेटमा डिबस्क नजिकैबाट इटालीका स्टेफानो स्टाउराको गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो। कुनै पनि ठूलो प्रतियोगितामा पछिल्ला ५ खेलमा गोल नखाएका जर्मनीका किपर म्यानुअल न्योरले यसबीचमा इटालीका केही सामान्य प्रयासहरुलाई विफल तुल्याएका थिए।

सामी खडिराको स्थानमा मैदान प्रवेश गरेका वास्टिन स्वायन्स्र्टाईगरको हेडरले २७ औँ मिनेटमा जाली चुमे पनि रेफ्रीले आफसाइड घोषणा गर्दा स्कोरलाईन ०-० मै रहेको थियो।

पहिलो हाफमा अपेक्षा गरे विपरीत निकै पट्यारलाग्दो खेलमा दुवै पक्षबाट गोलका लागि खासै राम्रो अवसरहरु श्रृजना हुन सकेन। भएका केही सामान्य प्रयासहरु पनि दुवै गोलकिपरले सजिलै विफल तुल्याइदिएका थिए।

४२ औँ मिनेटमा जर्मनीले गोलको लागि गरेको राम्रो अवसर मारियो गोमेजसँगै थोमस मुलरको प्रहार विफल हुँदा लगत्तै पाएको एक सुन्दर मौकामा टोनी क्रुज चुकेका थिए। टोनी क्रुजको राइट फुटेट सट पोष्ट नजिकैबाट बाहिरिँदा जर्मनी चुकचुकाउन पुगेको थियो। त्यसको एक मिनेटपछि काउन्टरमा अट्याक्टमा पाएको एक सुन्दर अवसरलाई इटालीका स्टारारो र इमान्युएल गिलिचिनीले गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोश्रो हाफको ५३ औँ मिनेटमा जर्मनीका थोमस मुलरले प्रहार गरेको पावरफुल सटलाई इटालीका डिफेन्डरले डिफ्लेक्ट गर्दे बाहिर पठाएर संकट टारेका थिए। लगत्तैको प्राप्त कर्नरबलमा जर्मनीले अर्को सुन्दर मौका गुमाएको थियो। यसपटक जेरोमी बोइटिङको प्रहार क्रसबार भन्दा केही माथिबाट बाहिरिएको थियो।
६० प्रतिशत भन्दा बढी बल पोजिसन होल्ड गरिरहेको जर्मनीले खेलको ६५औं मिनेटमा इटालीविरुद्ध अग्रता बनायो। डिबक्सको मध्य भागबाट प्रहार गरेको मेसुट ओजिलको लेफ्ट फुटेट सटले इटालीका भेट्रान गोलकिपर जियोलानिजी बुफोनलाई कुनै मौकानै नदिई जाली चुम्दा १-० को अग्रता बनायो।

त्यसको २ मिनेट पछिनै जर्मनीले इटालीको डिबक्स बाहिर अर्को सुन्दर मौका श्रृजना गरेको थियो। यस पटक मारियो गोमेजको पावरफुल सटलाई इटालीका गोलकिपरले विफल तुल्याएका थिए।

गोल खाएपछि लगातार दबाबमा रहेको इटालीले ७७औँ मिनेटमा एउटा अवसर पायो। कर्नरबारट आएको बलमा जर्मनीका जेरोमी बोईटिङले क्लियर गर्ने क्रममा डिबक्सभित्र हृयान्ड गरेपछि पाएको पेनाल्टीलाई लियोनार्दो बुनुचीले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

त्यसपछि दुवै तर्फाट गोलका लागि सामान्य प्रयासहरु भएता पनि सफल हुन नसक्दा निर्धारित ९० मिनेट १-१ गोलको बराबरीका सकियो।
थप गरिएको अतिरिक्त समयको १०२ औँ मिनेटमा जर्मनीले लगातार २ वटा अवसर श्रृजना गर्दा थोमस मुलर र जेरोमी वोइटिङ चुकेका थिए भने ११८औँ मिनेटमा ओजिलको लेफ्ट फुटेट सटलाई इटालीका गोलकिपरले रोकेका थिए।

अतिरित्त समयमा पनि दुवैतर्फाट थप गोल हुन नसकेपछि खेल ट्राइबे्रकरमा पुगेका थियो।

निर्धारित ९० मिनेट र थप गरिएको समयमा अपेक्षाकृत नभएपनि ट्राइब्रेकर भने निकै रोमान्चक भएको थियो । पहिलो पाँच ट्राइब्रेकरमा दुवै टोलीका ३-३ खेलाडी असफल हुँदा पछिल्लो ट्राइब्रेकरमा इटालीका डरम्यानको प्रहार बाहिरियो। तर जर्मनीका तर्फाट पेनाल्टी प्रहार गर्न आएका हेक्टरले गोल गर्दै आफ्नो टिमलाई जिताउन सफल भए।
 

खेलका केही तथ्यहरु

विश्व विजेता जर्मनी र युरोपियन पावरहाउस इटालीबीचको प्रतिष्पर्धा निकै रोचक हुने अनुमान गरिएको थियो । तर त्यसको विपरित खेल पट्यारलाग्दो थियो । पहिलो हाफमा कुनै पनि कार्डको दर्शन नगरेका दुवैतर्फा खेलाडीले दोश्रो हाफको पहिलो १३ मिनेट भित्र ३ जना इटालीका खेलाडीले पहेँलो कार्डको सामना गरेका थिए ।

त्यस्तै कुनै पनि ठूला प्रतियोगितामा ब्राजिल विश्वकपमा सेमिफाइनलमा आयोजक ब्राजिलविरुद्ध गोल खाएपछि पछिल्ला ५ खेलमा कुनै पनि गोल नखाएका जर्मनीका गोलकिपर म्यानुयल न्योरले छैटौं खेलमा कुल ५५७ मिनेटपछि पेनाल्टीमा गोल खान पुगे।

दुइ युरोपियन पावरहाउस वीचको खेल भएता पनि ९० मिनेटको निर्धारित समयमा दुवै पक्षबाट जम्मा १६ पटक गोलको लागि प्रयास भएको थियो जुन अघिल्लो दिन नव प्रवेशी वेल्सले वेल्जियम विरुद्ध गरेको -१९) प्रयास भन्दा पनि कम हो।

निर्धारित ९० मिनेटमा ६०-४० ले बल पोजिसन जर्मनीको पक्षमा भएपनि गोलको लागि प्रयास १०-६ ले इटालीको पक्षमा थियो।

१२० मिनेटको खेलमा जर्मनीले कुल बल पोजिसन ६२ प्रतिशत कायम गर्दा गोलको लागि दुवै तर्फाट १२-१२ प्रयास भएको थियो । जस्मा दुवै टोलीले ३-३ सट फ्रेममा हानेका थिए ।

फाइनल पुग्नका लागि जर्मनीले फ्रान्स र आइसल्यान्डबीचको विजेतासँग जुलाई ८ मा प्रतिस्पर्धा गर्नेछ।

खेलका केही फोटोहरु:

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.