|
लेखक पाण्डे

काठमाडौं : पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे नयाँ पुस्तक ‘क्रान्ति र प्रतिक्रान्ति’ लिएर आउने भएका छन्।

यसअघि गैर आख्यान ‘कूटनीति र राजनीति’ लेखेका पाण्डेले फेरि गैर आख्यान ‘क्रान्ति र प्रतिक्रान्ति’ मार्फत आफ्ना अनुभव र विचार पाठकमाझ राख्ने भएका छन्।

नयाँ पुस्तकमा पाण्डेले ‘२०६३ सालदेखि पर्दापछाडि भइरहेका घटना, सत्ताको अतृप्त तृष्णाबाट उत्पन्न भिडन्त तथा विदेशी शक्तिहरूको कुटिल खेलमा फसेर भएका प्रतिक्रान्तिहरूका विवरण समेट्ने’ बताएका छन्।

नयाँ पुस्तकमा राजनीति र समाज नीति, हिन्दू धर्म, धार्मिक आस्था र अनास्था, राष्ट्रियता, क्रान्ति, भाषा र साहित्यबारे विपी कोइरालाले सुन्दरीजल जेलबाट लेखक रमेशनाथ पाण्डलाई लेखेका अप्रकाशित हस्तलिखित चिठीहरू समेट्ने बताइएको छ।

आगामी भदौमा पाठकमाझ आउने पुस्तक प्रकाशक संस्था बुक-हिल पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.