|

युरोपेली देश चेक रिपब्लिकमा प्रधानमन्त्री आन्ड्रेज बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन भएको छ ।

‘मिलियन मोमेन्ट्स अफ डेमोक्रेसी ग्रुप’ ले आपराधिक गतिविधिमा संलग्न भएको र राष्ट्रघात गरेको आरोप लगाउँदै प्रधानमन्त्री बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन गरेको हो। राजधानी प्रागमा भएको प्रदर्शनमा २ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भए।

प्रदर्शनकारीहरुले आपराधिक गतिविधिमा संलग्न र राष्ट्रघातको आरोप लागेका व्यक्ति पदमा बस्न नहुने भन्दै राजीनामा माग गरेका हुन्। चेक रिपब्लिकमा भएको प्रदर्शन सन् १९८९ पछिकै ठूलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  प्रधानमन्त्री बाबिसमाथि युरोपियन युनियनले दिएको २ मिलियन युरो अनुदान हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

उनले सो रकम आफू सत्तामा आउनु अघि सन् २०१७ मा दुइवटा कोषमा ट्रान्सफर गरेका थिए। प्रधानमन्त्रीले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन्।प्रदर्शनकारीहरुले भने प्रधानमन्त्रीले राजीनामा नदिएसम्म प्रदर्शन जारी रहने चेतावनी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.