|

विश्वकप क्रिकेटमा बंगलादेशले तेस्रो जित निकालेको छ।  साउथह्याम्पटनमा सोमबार भएको खेलमा अफगानिस्तानलाई ६२ रनले पराजित गर्दै बंगलादेशले तेस्रो जित निकालेको हो।

द रोजबल क्रिकेट मैदानमा बंगलादेशले दिएको २६३ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा अलआउट हुँदै २०० रनमा समेटियो।

अफगानिस्तानका लागि शामीउल्लाह शिनवारीले अविजित रहदै सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान गुल्बादीन नाइबले ४७ रन जोडे। त्यस्तै रहमत साहले २४, नाजिब उल्लाहले २३ तथा अस्घर अफगानले २० रन बनाए। अफगानिस्तानलाई सस्तैमा रोक्न बंगलादेशका शकिब अल हसनले ५ विकेट लिए। योसंगै शकिब एकदिवसीय विश्वकपमा ५ विकेट लिने पहिलो बंगलादेशी खेलाडी बने। यस्तै बंगलादेशका लागि मुस्ताफिजुर रहमानले २ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २६२ रन बनाएको थियो। बंगलादेशका लागि मुशफिकर रहिम र शकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले। रहिमले ८३ रन जोड्दा हसनले ५१  रन बनाए। यस्तै तामिम इकबालले ३६, मोसाडेक होसेनले ३५ तथा ममुदउल्लाहले २७ रन जोडे। अफगानिस्तानका मुजिब उर रहमानले ३ विकेट लिए। गुल्बादीन नाइबले २ विकेट लिए।

जितसँगै बंगलादेशले शीर्ष चारमा पुग्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ।  तेस्रो जितसँगै पाँचौ स्थानमा उक्लिएको बंगलादेशले ७ खेलबाट ७ अंक जोडेको छ। समान ७ खेल खेलेको अफगानिस्तानले भने हारको यात्रा कायम राखेको छ। पुछारको अफगानिस्तानले ७ खेलमा ७ खेल नै गुमाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.