|

रौतहट : संघीय सरकारले असार १० गते भित्र सम्पुर्ण स्थानिय तहलाइ नगर सभा तथा गाउ सभा गर्न परिपत्र गरेको भएता पनि रौतहटमा भने अझै ८ वटा नगरपालिकाले नगर सभा गर्न सकेका छैनन्।

१६ नगरपालिका र २ गाउपालिका सहित १८ स्थानिय तह रहेको रौतहटमा १० वटा स्थानिय तहले मात्रै असार १० गते भित्र नगर सभा गर्न सफल भएको जिल्ला समन्वय समिति रौतहटका कार्यालय प्रमुख सागर रोक्काले जानकारी दिए।  अझै ८ वटा स्थानिय तहको नगर सभा हुन बाकी रहेको उनले जानकारी दिए। चन्द्रपुर, गौर, गरुडा नगरपालिकाले असार ९ गते नै नगर सभा सम्पन्न गरेका थिए। यस्तै मौलापुर, माधब नारायण, राजपुर, परोहा, देवाहीगुनाही नगरपालिकाले १० गते नगर सभा सम्पन्न गरेका थिए। यस्तै यमुनामाइ गाउपालिका र दुर्गा भगबती गाउपालिकाले पनि असार ९ गते नै गाउ सभा सम्पन्न गरेका थिए।

बौधीमाइ, इशनाथ, फतुहा विजयपुर, गुजरा, बृन्द्धावन, गडीमाइ, कटहरिया र राजदेबी नगरपालिकाले अझै पनि नगर सभा गर्न नसकेका हुन्। राजदेबी नगरपालिकाकी उप प्रमुख अ्रशु सिहले नगर सभा रोक्न जिल्ला समन्वय समिति रौतहटलाइ पत्रचार समेत गरेकी थिइन्। यसैगरी इशनाथ नगरपालिक,गुजरा नगरपालिका तथा फतुहा बिजयपुर नगरपालिकामा नगर प्रमुख र उप प्रमुख बिच विवादको कारण रोकिएको हो।

चन्द्रपुर नगरपालिकामा १ अर्ब २५ करोड बजेट

चन्द्रपुर नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ। आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि चालु तर्फ ६८ करोड एक लाख र पुजीगत तर्फ ५७ करोड ५० लाख गरी जम्मा एक अर्ब २५ करोड ५१ लाख अनुमानीत बजेट प्रस्तुत भएको चन्द्रपुर नगरपालिकाका प्रवक्ता गोबिन्द दुलालले जानकारी दिए।

चन्द्रपुर नगरपालिका भित्र रहेका अतिबिपन्न घर परिवारका ७० वर्ष देखी माथि उमेरका जेष्ठ नागरिकहरुलाई नगरपालिकाले निशुल्क देवस्थल भ्रमण समेत गराउने र ८५ वर्ष माथिका नागरिकलाई घर–घरमा गएर सम्मान गर्ने कुरा समेत नीति तथा कार्यक्रममा उल्लेख रहेको छ। महिलाहरुको व्यावसायीक समुह गठन गरी एक समुह एक व्यावसायलाई प्राथमिकता दिने समेत जनाइएको छ । यसैबिच चालु आर्थिक वर्षमा चन्द्रपुर नगरपालिकाको विभिन्न शीर्षकको २ करोड ३७ लाख ५५ हजार फ्रिज भएको छ। 

मौलापुरमा ३० करोड ६८ लाख बजेट

मौलापुर नगरपालिकाको तेस्रो नगरसभाले आर्थिक वर्ष २०७६/०७७ को लागि ३० करोड, ६८ लाख ५७ हजारको बजेट बिनियोजन प्रस्ताव गरेको छ। पूर्वमन्त्री तथा रौतहट क्षेत्र नं. ३ का संसद समेत रहेका प्रभु साहको गृह नगर मौलापुरको नगर सभाको उदघाटन उनी आफैले गरेका थिए।  नगर सभाको उदघाटन गर्न संसद साहले अब नगरबासीले आफनो आनीबानीमा समेत परिर्वतन ल्याउनु पर्ने नगरबासीलाइ सुझाब दिएका थिए। बजेटमा आर्थिक विकास तर्फ निशुल्क बिउ, निशुल्क पानीलगायता योजना अघि सारेको छ। 

गरुडा नगरपालिकाको बजेट ५५ करोड ४२ लाख

जिल्लाको मध्य बजारमा पर्ने गरुडा नगरपालिकाले ५५ करोड ४२ लाख ६७ हजार  बजेट विनियोजन गरेको छ । नगरपालिकाको आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सभा समक्ष नगरप्रमुख इनु राय यादवले प्रस्तुत गर्दै  ‘समृद्ध नगर  खुशी नगरबासी’को नारा समेत प्रस्तुत गरेका छन्। ‘मालिक होइन, सेवक हौ’ भने मान्यतामा आधारित जनउत्तरदायी, पारदर्शी, मेहनती र सहयोगी संयन्त्रबाट नै समृद्धि हासिल गर्न सकिन्छ भने मान्यतालाई आफ्नो मार्गदर्शनका रुपमा ग्रहण गरेको नगर प्रमुख रायले बताए ।

गौर नगरपालिकाको ४५ करोड़ ५७ लाख १ हजार

गौर नगरपालिकाको चौथो नगर सभाबाट आर्थिक वर्ष २०७६/०७७ को लागी ४५ करोड़ ५७ लाख १ हजारको आय व्ययको प्रस्ताव प्रस्तुत गरेको छ।

संघीय सरकारबाट समानीकरण अनुदान १२ करोड़ १३ लाख, शसर्त अनुदान कृषि, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद, ऊर्जा, श्रम तथा रोजगारी शीर्षकमा १५ करोड़ ६३ लाख तथा संघीय सरकार सामाजिक सुरक्षा कार्यक्रममा ४ करोड़ ७५ लाख ५० हजार, राजश्व बाड़फाट ७ करोड़ १ लाख, प्रदेश सरकारको समानीकरण अनुदान ७३ लाख ४८ हजार, राजश्व बाड़फाट ६२ लाख ११ हजार, नगरपालिकाको आ‌ंतरिक आय १ करोड़ ४५ लाख, राजश्व बाड़ फाट मालपोत १ करोड़, संघीय सरकार सड़क बोर्ड नेपाल ५५ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रम १८ लाख ९२ हजार तथा आतंरिक श्रोत जनसहभागिताको १ करोड़ ५० लाख गरी १७ करोड़ ८१ लाख १ हजारसहित ४५ करोड़ ५७ लाख १ हजार अनुमानित आय विवरण प्रस्तुत गरिएको नगर प्रमुख गुप्ताले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.