|

काठमाडौं: सत्तारुढ दल नेपाल नेकपा कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ मा ६ जिल्ला कमिटीको टुंग्याएको छ ।

काठमाडौंमा यही सोमबार बसेको प्रदेश कमिटी कार्यालयको बैठकले पर्सा, बारा, रौतहट, सर्लाही, सिरहा र सप्तरी जिल्ला कमिटीको टुंगो लगाएको हो । 

पार्टी एकताको एक वर्ष वितिसक्दा पनि जिल्ला कमिटिको टुंगो नलाग्दा नेतृत्वको आलोचना भइरहेको थियो। नेकपाले जिल्लादेखि वडा तहसम्मको टुंगो लगाउन थालेपछि कार्यकर्तामा पनि उत्साह बढेको छ।

नेकपाले प्रदेश २ का अन्य दुई जिल्ला महोत्तरी र धनुषाको जिल्ला कमिटि पनि केही दिनमै टुंगिने बताइएको छ।प्रदेश अध्यक्ष प्रभु साहका अनुसार सबै जिल्ला कमिटीमा अध्यक्ष र सचिवसहित एक सय ६५ जना छन्। नेकपाले अध्यक्ष र सचिव पहिले नै  छानिसकेको थियो । 

हेर्नुस् पूरा सूची

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.