|

कपिलवस्तु : संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी राजनैतिक दलका कार्यकर्ताले बुधबार कपिलवस्तुमा प्रदर्शन गरेका छन्।
जिल्लाको पुर्व पश्चिम राजमार्गका विभिन्न स्थानमा सयौंको संख्यामा उपस्थित भएका महिलाले थाल ठटाउंदै संविधान संशोधन प्रस्ताव फिर्ता लिन सरकारसँग माग गरेका थिए। 

जिल्लाको जितपुर, पिपरा, चन्द्रौटा, ईमिलिया, गोरुसिंगे, लगायतका स्थानमा महिला सडकमा प्रदर्शन गर्दै सरकार विरोधी नारा जुलुस गरेका हुन्। नेकपा एमालेका जिल्ला अध्यक्ष झवि पोख्रेलको संयोजनमा जितपुरमा निस्केको महिलाले जुलुस प्रदर्शन गर्दै पिपरामा गएर कोण सभा गरेका थिए। 

संविधान संशोधन प्रस्तावकोविरुद्धमा बन्द हड्तालको सट्टा रचनात्मक ढंगबाट महिलाले सरकारलाई दबाब दिन थाल जुलुस निकालेको आन्दोलनरत महिलाहरुले बताएका छन्। थाल जुलुसमा नेकपा एमालेकी पुर्व सभासद् शान्ति देवी हरिजन, सांसद विश्राम थारु लगायतका नेताको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.