|

  • पेमा लामा-

काभ्रे : जिल्ला मालपोत कार्यालयलले काभ्रेले पहिलो पटक अनलाइन प्रणालीबाट आफ्नो सेवा सुरु गरेको छ। भूमिसुधार तथा व्यवस्थापन विभागका सचिव मोहनकृष्ण सापकोटाले रविओपी गाविस-५ का ८५ वर्षीयका टिकाराम तामाङलाई लालपुर्जा हस्तान्तरण गर्दै अनलाइन प्रणाली सेवाको उद्घाटन गरेका थिए।

काममा झण्जटिलो, खोजेको बेलामा ढड्डा नपाउने र विशेषगरी फाइलिङ्ग र कागजी प्रक्रियाको दुरुपयोग गर्दै भुमाफीयाहरुले गलत प्रयोग गरिरहेको बेला सेवाग्राहीलाई कम्युटराइज(अनलाइन सेवा) प्रदान गर्ने काम सुरु गरेको हो। कार्यक्रममा भूमिसुधार तथा व्यवस्थापन विभागका सचिव मोहनकृष्ण सापकोटाले कागजातमार्फत काम गर्दा धेरै झन्जटिलो हुने, किर्ते कामहरु बढी भई जग्गा असुरक्षित हुने जस्ता समस्याहरुबाट बच्न अनलाइन सुविधा सञ्चालन गरेको बताए।

‘यसबाट, जग्गाको किर्ते, ठगीबाट जोगिनुका साथै समयको समेत बचत र सेवाग्राहीले तुरुन्त सेवा पाउँछन्’, सचिव मोहनकृष्ण सापकोटाले भने। उनले लेखापढी व्यवसायीहरुले पनि सो प्रणालीलाई साथ दिनुपर्नेमा जोड दिएका थिए।

जिल्ला मालपोत प्रमुख टंक प्रसाद उपाध्यायले पहिलो चरणमा जिल्लाका दाप्चा काशिखण्ड नगरपालिकाको खनालथोक, पनौती नगरपालिकाको ईन्द्रश्वर, पाँचखाल नगरपालिकाको साठिघर, कोशीपारीको सरमथली, गोठपानी, बेखसिम्ले, रविओपी, च्याम्म्राङबेशी र बनखुमा सेवा सुरु गर्ने बताए। उनले जिल्लामा पहिलो पटक अनलाइनमार्फत टिकाराम तामाङ, कृष्ण बहादुर तामाङ, धमाई सिंह तामाङलाई लालपुर्जा वितरण गरिएको जानकारी समेत दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.