|
Photo : nepalireporter.com

काठमाडौं : नेपाल बार एसोसिएसनले बिहीबार आफ्नो ६० औँ स्थापना दिवस मनाउँदैछ। बार एसोसिएसनको स्थापना २०१३ साल पुस ७ गते भएको हो। 

बार दिवसका अवसरमा बारका देशैभरका ८६ शाखाले विभिन्न कार्यक्रम गरिरहेका छन्। काठमाडौंमा यो वर्ष ललितपुर बार एसोसिएसनले विशेष कार्यक्रम गर्दैछ। नेपालभरका कानून व्यवसायीको छाता संगठन बार राजनीतिक खिचातानीका कारण पछिल्लो समयमा व्यावसायिक रुपमा कमजोर हुँदै गएको आरोप लाग्ने गरेको छ। 

विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, लोकतन्त्र र पेसागत हकहित तथा मर्यादालाई केन्द्रमा राखेर बारको स्थापना भएपनि न्यायपालिकामा हुने विकृति विसंगतीप्रति खबरदारी हुन नसकेको सरोकारवालाले बताएका छन्। 

अदालत र बारबीच सुमधुर सम्बन्ध पनि नदेखिँदा न्याय प्रणाली नै प्रभावित हुने भन्दै कानून व्यवसायीले बार र बेन्चबीच एक-अर्कालाई हिलो छ्यापाछ्याप गर्ने काम गर्न नहुनेमा जोड दिएका छन्। बारले बार दिवसको अवसरमा वरिष्ठ अधिवक्ताको पदवी प्रदान गर्न सर्वोच्च अदालतसंग माग गरेको छ। 

यस्तै, उच्च अदालतमा ८० न्यायाधीश नियुक्ति गर्दा बारबाट ५० प्रतिशत कानुन व्यवसायीबाट हुनुपर्नेमा पनि बारको जोड छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.