फिचर : फोटो फिचर

पोखरामा नेपालीसँगै विदेशी पनि रोपाइँमा, मेयर हली (फाेटाे फिचर)
SHARES

असार १५, २०७६

    पोखरा : आज असार १५, धान दिवस, अर्थात् दही चिउरा खाने दिन। असारलाई मानो रोपेर मुरी फलाउने महिना पनि भनिन्छ।

    कृषि प्रदान देश भएकाले सरकारले पनि असार १५ लाई धान दिवसका रुपमा मनाउने गरेको छ। पछिल्लो समय १५ असारमा हिलोमै विभिन्‍न खेल र रोपाइँ गरेर पनि १५ असार मनाइन्छ।

    पर्यटकीय नगरी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकले सँगै हिलो खेले। रोपाइँ गरेर हिलोमै अनेक प्रतियोगितामा सामेल भएर १५ असार मनाएका छन्। 

    स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर पोखरा-१७ को महतगौँडामा रोपाईं महोत्सव आयोजना गरिएको छ। महोत्सवमा दही चिउरा खाने, हल गोरु दौडाउने, हिलो छ्यापाछ्याप गर्दै रमाउने, हिलोमै माछा समाउने, हिलोमै डोरी तान्‍ने, असारे गीत तथा रोपाइँ प्रतियोगिता गरिएको पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए। 

    हिलोमा भएका सबैखाले प्रतियोगितामा मेडलसहित नगद पुरस्कार  प्रदान गरियो। महोत्सवमा पोखरा महानगरका प्रमुख मानबहादुर जिसी लगायतले पनि सहभागिता जनाएका थिए। मेयर जिसी हली बनेर रोपाईंमा सहभागी भए।


     

सन्तोष अधिकारी

अधिकारी थाहा खबरका  पोखरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]