|

काठमाडौं : संसदको राज्य व्यवस्था समितिले निर्वाचन सम्बन्धि विधेयकहरुमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ। 

समितिको बिहिबार बसेको बैठकले निर्वाचन सम्बन्धि विधेयकमाथि छलफल गरी समितिमा पठाउन आनन्द प्रसाद ढुंगानाको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको हो।

उपसमितिमा इश्वरी न्यौपाने, गंगालाल तुलाधर, धर्मेन्द्र कुमार साह तेली, प्रेम सुवाल, मानप्रसाद खत्री, रामकृष्ण यादव, रामेश्वर फुयाल, रेखा शर्मा, विक्रम बहादुर थापा र सन्तकुमार दरै छन्। उपसमितिलाई १५ दिन भित्र विधेयकमाथि छलफल गरी समितिमा निष्कर्ष पेश गर्ने कार्यादेश पनि दिइएको समितिका सचिव डाक्टर भरतराज गौतमले जानकारी दिए। 
संसदले राजनीतिक दलसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३, मतदाता नामावलीसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ र निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ समितिमा पठाएको थियो।

सरकारले स्थानीय तहको निर्वाचन गराउने तयारी गरिरहेका बेला संसदीय समितिहरु पनि निर्वाचन सम्बन्धि विधेयकको छलफलमा जुटेका हुन् सरकारले निर्वाचन कानुन सम्बन्धि संशोधन गर्न बनेको विधेयक २०७३ र निर्वाचन कसुर तथा सजाय सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक पनि संसदको कार्यसूचिमा प्रवेश गराएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.