|

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका ८ मा अवस्थित छ ऐतिहासिक रानीपोखरी । नगरपालिकाको पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न रानीपोखरीले महत्त्व छ। धार्मिक तथा पर्यटकीय महत्त्वको  यो स्थल संरक्षणको पर्खाइमा छ। 

रानीपोखरी संरक्षण र पुनर्निर्माणका लागि वडाले पहल गर्दै गरेको अध्यक्ष तीर्थबहादुर श्रेष्ठले जनाए । वडाको पर्यटकीय र ऐतिहासिक सम्पदा भएकाले रानीपोखरी संरक्षण गर्न आवश्यक भएको बताए।

 चौतारा साँगाचोकगढी नगरपालिका ८ र वन डिभिजन कार्यालयको सहयोगमा रानीपोखरी पर्यटकीय पैदल मार्ग निर्माण गरिएको छ। रानीपोखरी आसपासको मनोरम हरियालीमा रम्दै पैदल मार्ग गर्न सकिन्छ। रानीपोखरीमा अवस्थित इर्खुको सामुदायिक वनमा काफल, चुत्रोलगायतको फल चाख्न पाइन्छ। 

पर्यटकको माध्यमबाट इर्खुलाई चिनाउन पर्यटकीय पैदलमार्ग निर्माण गरिएको श्रेष्ठले जानकारी दिए। रानीपोखरीमा जनैपूर्णिमाको दिनमा मेला लाग्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.