|

पोखरा : गण्डकी प्रदेशका सांसदहरुले सुन र चाँदी जडित नयाँ लोगो लगाउने भएका छन्। अहिले बनेको प्लास्टिकको लोगो खुइलिन थालेपछि कार्यव्‍यवस्था परामर्श समितिले दिगो हुने र आकर्षक देखिने सुन र चाँदी जडित बनाउने निर्णय गरेको हो।

धातुको प्रयोग गरेर बनाउन लागिएको हो। नयाँ बन्नेमा प्लास्टिकको प्रयोग हुँदैन।  अहिलेको लोगो बनेको वर्ष दिन नपुग्दै खुइलिन थालेपछि यसबारे सोचिएको कार्यव्‍यवस्था परामर्श समितिका सदस्य सांसद हरिशरण आचार्यको भनाइ छ।  यसअघि सभामुख नेतृत्वको लोगो तथा पोशाक सिफारिस समितिले गतवर्ष भदौ ३० गते गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको थियो।

चीनमा बन्नेछ नयाँ लोगो

कार्यव्‍यवस्था परामर्श समितिले सांसदहरुले लगाउने नयाँ लोगो बनाउन निर्णय गरे पनि यसको निर्माण नेपालमा हुँदैन। चीनको सांघाई प्रान्तमा चाँदी र सुनको लेपन लगाएको लोगो तयार हुनेछ।  एउटा लोगोकै ६ हजार पाँचसय रुपैयाँ पर्नेछ। अहिले भइरहेको लोगो नेपालमै करिब २ सय रुपैयाँमा बनेको थियो।

अहिलेको लोगोमा रहेको दुवैतर्फको धानको बालामा सुनको लेपन हुनेछ। नयाँ लोगो खरिदको लागि कार्यव्‍यवस्था परामर्श समितिले प्रदेशसभा सचिवालयमा र प्रदेशसभाले आर्थिक मामिला तथा योजना मन्त्रालमा प्रस्ताव लेखी पठाइसकेको छ।

नयाँ लोगोको मूल्य भने प्रतिलोगो ६ हजार पाँच सय रुपैयाँ पर्नेछ। पहिलेको लोगो नेपालमै करिब २ सय रुपैयाँमा बनेको थियो। यसबारे कार्यव्‍यवस्था परामर्श समितिले निर्णय गरेर प्रदेशसभा सचिवालयमा र सचिवालयले अर्थ मन्त्रालयमा पत्र पठाएर जानकारी गराइसकेको छ।

 गत जेठ २० गते तेस्रोपटक संशोधन गरिएको प्रदेशसभा नियवमालीमा नयाँ अनूसूची थपेर सुन चाँदी जडित लोगो ल्याउन लागिएको हो। ‘यो नेपालमा नबन्ने रहेछ,’ सांसद आचार्यले भने, ‘चीनबाट बनेर आउने हो। हामीलाई प्रदेशसभा सचिवालयले सुन चाँदी जडित एउटा लोगो देखायो। सांसदहरूले ओके गरेपछि त्यो आउने भएको हो। अब छिट्टै आउने जानकारी पनि पाइएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.