पाँच महिना तेस्रो पटक समस्या

|

एजेन्सी : विश्वकै सबैभन्दा धेरै प्रयोगकर्ता रहेको फेसबुक बुधबार नौघण्टासम्म डाउन भयो। नेपाल, भारत, बेलायत र अमेरिकासहित कयौँ देशमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप साढे नौ घण्टासम्म डाउन भएका हुन्। 

फेसबुकले बिहीबार बिहान ५ बजेर ३६ मिनेटमा ट्विट गर्दै भनेको छ, 'केही मानिसले हाम्रो  प्लेटफर्म र एपबाट फोटो पठाउन र भिडियो अपलोड गर्न समस्या भएको बताएका थिए। यस समस्यालाई ठीक गरिएको छ। हामी यो असुविधाका लागि माफी माग्छौँ। बुधवार राति सवा ८ बजेदेखि तीनै प्लेटफर्म ठप्प जस्तै थिए।

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम डाउन हुँदा विश्वभरका ४ अर्ब ४ करोड प्रयोगकर्तालाई समस्या भयो। तर यही समयमा ट्विटरमा भने कुनै समस्या थिए। त्यहीकारण धेरै प्रयोगकर्ताले ट्विटरबाट आफ्नो गुनासो फेसबुकलाई गरेका थिए। 

फेसबुकले राति १० बजे ट्वीट गर्दै भन्यो- हामीलाई यस समस्याको जानकारी छ। हामी चाँडै नै यो समस्या सुल्झाउन लागिरहेका छौँ। पछिल्लो पाँच महिनामा यस्तो तेस्रो पटक तीनै सामाजिक सञ्जालमा यस्तो भएको हो। यसअघि मार्च र अप्रिल १९ मा पनि यस्तै समस्या आएको थियो। 

प्रावधिक समस्यालाई ट्रयाक गर्ने वेबसाइट डाउनडिटेक्टरका सह-संस्थापक टम सेन्डर्सका अनुसार सन् २०१२ मा जब डाउनडिटेक्टर लन्च भयो, तब तब यस किसिमको समस्या आएको थियो। तर अहिले समयको कुरा सबैभन्दा महत्वपूर्ण भएको छ। हाम्रो सिस्टममा हेर्दा फेसबुकलाई ७५ लाखवटा गुनासो आइसकेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.