|

काठमाडौं : तीन दशकदेखि संगित साधनामा लागेका कलाकार सुर्दशन राजोपाध्यायलाई भारतमा सम्मान गरिने भएको छ।

भारतको एनआरबी फाउन्डेसन र भव्या इन्टरनेशनलले इन्डियन बेस्टिज अवार्ड–२०१९ बाट सम्मान गरिने शनिवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। आरबी फाउन्डेशन र भव्या इन्टरनेशनलले प्रत्येक वर्ष प्रदान गर्दै आएको संगीत र साहित्यतर्फको सम्मानबाट यसवर्ष संगीत साधक राजोपाध्यायलाई प्रदान गर्न लागेको हो।

आफूले पाउने सम्मानको बारेमा बोल्दै वरिष्ठ सरोद वादक, संगीतकार, गायक तथा रचनाकार पनि रहेका राजोपाध्याय आयोजक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दे आएको संगीत र साहित्य तर्फको सम्मानबाट यसपटक आफूलाई छानेको बताए। यही जूलाई १४ मा राजस्थानमा आयोजना हुने कार्यक्रम अन्तर्राष्टियमैत्री सम्मेलनको रूपमा हुने भनेर आफूहरूलाई आयोजकले जानकारी दिएको पनि उनले बताए। उक्त कार्यक्रममा नेपालसहित भारत, मालदिभ्स लगायतका देशबाट पनि सहभागिता हुनेछ। अन्तर्राष्टियमैत्री सम्मेलनको कार्यक्रममा राजोपाध्यायको सरोद वादन कार्यक्रम पनि हुनेछ।

सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट समेत सम्मानित भैसकेका राजोपाध्याय २०१५ मा गुजरातमा सुरिल साँझको तर्फबाट स्वर्णपत्र प्राप्त गरिसकेको स्रष्टाको रुपमा चिनिन्छन्। नेपाल र भारत गरेर दर्जनौ सरोद वादकका कार्यक्रम गरिसकेको उनी सन् २००२ मा रेडियो नेपालमा भएको जिल्लाव्यापी संगित प्रतियोगितामा प्रथम भएका थिए।

साथै, नेपालमा शास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्ड लगायत थुप्रै पुरस्कारबाट सम्मानित भएका उनका नेपाली र नेवारी गरेर चर्चित पलपल, पानीसरी, त्यो रात, नसला, हसना, छन्ह्, निन्ह्, छगू मतिनालगायतका क्यासेट तथा सिडीहरू बजारमा आइसकेका छन।जापानी भाषामासमेत गीत गाइसकेका उनका शास्त्रीय संगीततर्फ वन डे रागाज, सोलफूल म्युजिक फर मेडिटेसन भारतबाटै सुरिल म्यूजिक इन २०१५ प्रकाशित रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.