|

जसले आफ्नो धर्म छाड्छ, कर्तव्यबाट विमुख हुन्छ वा आफ्नो समुदायलाई पराईको आश्रय लिन जान्छ, उसको कुनै अस्तित्व रहँदैन। ऊ मेटिएर जान्छ।

अमृतको घर औषधिको अधिपति, अमृतमय र शोभायुक्त शरीर भएको चन्द्रमा पनि सूर्य मण्डलमा पुगेपछि निस्तेज भएर जान्छ। अर्काको आश्रय वा अधीनमा बस्नेले भोग्नुपर्ने त्यही नै हो।

चाणक्य भन्छन्, त्यसैले कुन समय हो, समाज कस्तो हो, मित्र को हुन्, म को हुँ र मेरो सामर्थ्य कति छ भन्ने कुरा मानिसले सधैँ विचार गरिरहनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.