|

काठमाडौं : इन्टरनेशनल इन्डियन फिल्म एकाडेमी अवार्ड (आइफा) को प्रमुख आयोजका कम्पनीले २० औँ संस्करण समारोह नेपालमै गर्ने कुनै निर्णय नभएको खुलासा गरेको छ।

विज्क्य्राफ्टका प्रमुख एन्ड्री टिमिन्सले काठमाडौंमा आइफा अवार्ड समारोह गर्नका लागि हालसम्म कुनै निर्णय नभएको जवाफ दिएका छन् । काठमाडौंमा आइफा गर्ने कुरालाई लिएर नेपाली जनमत विभाजित भएको बेला मूख्य आयोजक मुख खोलेको हो। 

'आइफा-२०१९ समारोहन आयोजना गर्ने स्थानबारे अहिलेसम्म अन्तिम निर्णय लिएका छैनौँ', विज्क्य्राफ्टका प्रमुख एन्ड्री टिमिन्सले भनेका छन्, 'कयौं देशले कार्यक्रम आयोजना गरिदिन भनेका छन् । तिनै देशमध्ये एउटा नेपाल पनि हो। तर कुनैको पक्षमा हामी निर्णयमा पुगेका छैनौँ।'

नेपालमै आइफा आयोजना गर्नेबारे अहिलेसम्म कुनै निर्णय नभएको स्पष्टीकरण कम्पनीबाट आएको हो । कम्पनीका प्रमुख टिमिन्सले नेपालमा आइफा अवार्डबारेको विवादलाई लिएर आश्चर्य र दुःख प्रकट गरेका छन्।  'कम्पनीले नेपालमै कार्यक्रम आयोजना गर्ने कुनै आधिकारिक निर्णय लिएको छैन', उनले भनेका छन्, 'नेपाल सरकारले निर्णय नै नभइ बिनाआधार यो कुरा सार्वजनिक गर्नु ठीक होइन।'

विज्ञप्ति

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.