|

जनकपुरधाम :  जनकपुरधामस्थित रामानन्द चोकमा रहेको आराध्या हस्पिटल प्रालिले पनि बिरामीको उपचारमा ब्रह्मलुट मच्चाएको रहस्य खुलेको छ। 

दुर्घटनामा सामान्य घाइते भएका व्यक्तिलाई १५ दिनसम्म हस्पिटलले राखेर १ लाख २१ हजार रुपैया उपचार खर्च भएको भनेपछि उक्त रहस्य खुलेको हो। उपचार खर्च मनपरी किसिमले लिन खोज्दा हस्पिटलमा आइतबार साँझ विवाद भयो। बिल बिना नै उपचार बापतको रकम समेत हस्पिटलले मागेको आरोप लागेको छ।
दुर्घटनामा घाइते भएका महोत्तरीको लोहरपट्टी नगरपालिकाका मो. जाबिर खाँन हस्पिटल भर्ना भए।

उनको खुट्टामा मात्र ६ वटा टाँका लागेको छ। तर हस्पिटलले यतिकैमा १४ दिनसम्म राखेर १ लाख २१ हजार उपचार खर्च देखाइरहेको तैयब राइनले जानकारी दिए। राइनले खाँनलाई ठक्कर दिएका थियो। सोही कारण राइन खाँनको उपचार खर्च तिर्न हस्पिटल पुगेको थियो।

‘उपचार सकेपछि उपचार खर्च तिर्नका लागि मलाई फोन आयो’, जनकपुरका राइनले भने, ‘हस्पिटल १ लाख २१ हजार रुपैया उपचार खर्च भएको सुन्दा आश्चर्य लाग्यो। तैपनि पैसा दिन तयार भए। तर हस्पिटलले बिल दिन मानेनन्।’ बिल माग्दा नाम बताउन नचाहेकी एक नर्सले हस्पिटल संचालक नरहेको भन्दै पन्छिएको उनले सुनाए।

बिलका कारण विवाद भएपछि उनले समाजवादी पार्टीका नेता नबिन यादवलाई बोलाएका थिए। नेता यादब हस्पिटलमा भइरहेको लुटधन्दाविरुद्ध अभियान चलाएका व्यक्ति हुन्। उनले हस्पिटल पुग्दा संचालक डा. नागेन्द्र यादबलाई सम्पर्क गरे। तर संचालक डा. यादवले उल्टै धाकधम्की देखाए र मुद्दा हाल्ने चेतावनी समेत दिए।

‘हस्पिटलमा घण्टौं बस्दा सञ्चालक यादव आउनुभएन’, नेता यादवले भने, ‘बिल समेत दिन नचाह्ने हस्पिटलले कसरी यतिधेरै उपचार खर्च भयो भनेर हिसाब समेत देखाउन चाहेको छैन।’ उनले विरामीसँग खुलेयाम लुट मच्चाउने हस्पिटल संचालकले उल्टै धाक धम्की देखाएकाले अनुगमन गरी कारबाही गर्न सम्बन्धित निकायसँग माग समेत राखे।

खाँनको उपचार सकेपनि अझै हस्पिटलले अझै घर जान दिएको छैन्। उपचार खर्च तिर्न गएका राइनले भने, ‘उपचार खर्च बोकेर गएपनि हस्पिटलले बिल नदिँदा फर्के। जसका कारण उपचार सकेपनि खाँनलाई हस्पिटलले बन्धक बनाएको छ।’ हस्पिटलमा चरम लापरबाही देखिएकाले आवश्यक कारबाहीका लागि प्रशासनमा उजुरी दिने समेत उनले बताए।

केहि दिन अगाडी मात्रै जनकपुरका आस्था हस्पिटलले प्रसुती गराउन पुगेकी एक महिलालाई ५ लाख ६५ हजारको बिल बनाएर ठग्ने प्रयास गरेका थिए। त्यसपछि महिलाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराए। अहिले प्रशासनले उक्त हस्पिटललाई शिलबन्दी गरेर कारबाही प्रक्रिया अगाडी बढाएको छ। तर पनि अन्य हस्पिटलमा भइरहेको ठगी धन्दा रोकिएको छैन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.