|

रसुवा : कालिका गाँउपालिका–५ घलेगाउँमा पाँच घर पहिरोको उच्च जोखिममा परेको छ।

सोमबार रातिदेखि परेको अविरल वर्षाको कारण पहिरोे गएपछि गम्भीरमान सिंह र उनका पाँच छोराको घर जोखिममा परेको स्थानीय श्यामबहादुर पुडासैनीले बताए। जोखिममा परेका परिवारलाई सार्नका लागि ठाउँ खोजी भइरहेको छ।  

चार घर पूर्ण जोखिममा रहेको र एउटा घर पूर्ण क्षति भएर विस्थापित भएको सूचना आएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। जोखिममा रहेका परिवारको स्थानान्तरण गरिने उनको भनाइ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.