कुमार पौडेल प्रकरणमा मानवअधिकारको गम्भीर हनन भयो : कांग्रेस

|
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सरकारले नेपाली जनतालाई माया नगरेको बताएकी छन्।

संघीय संसद प्रतिनिधिसभाको मंगलबारको बैठकमा सचेतक भुसालले भारतबाट विषदीयुक्त तरकारी र फलफूल आयात गर्न दिएर 'सरकारले जनसंख्या घटाउन खोजेको' बताइन्। 'मन्द गतिबाट विषपान गराएर जनसंख्या घटाउने काम सरकारले किन गरिरहेको छ?', भुसालको प्रश्न थियो, 'विदेशी नियोगबाट आएको पत्र बारे प्रधानमन्त्रीले किन ढाँटे? परराष्ट्र मन्त्रालयमा आएको पत्रबारे, प्रधानमन्त्रीले संवेदनशील विषयमा किन झुटो बोलेका हुन्?'

संसदमा ढ्यापढ्यापे समय माग गरेर बोलेकी सचेतक भुसालले सर्लाहीमा नेत्रविक्रम चन्द विप्लवका जिल्ला नेता को मृत्यु पनि अस्वभाविक भएको बताइन्। उनले पौडेललाई पक्राउ गरेर, हातखुट्टा बाँधेर हत्या गरेको बताइन्। उनले भनिन्, 'कुमार पौडेललाई पक्राउ गरेपछि सरकारले निहत्था उनलाई हत्या गरेको छ। हात खुट्टा गरेर गोली प्रहार गरेको छ। संविधानले यस्तो अधिकार सरकारलाई दिएको छ? यो सरकारलाई संविधानले यस्तो अधिकार दिएको छ?' उनले उक्त घटनामा मानवअधिकारको गम्भीर हनन भएको बताइन्।

भुसालले सरकारले विप्लवलाई किन शान्ति प्रक्रियामा नल्याएको र पहल किन नगरेको भनेर प्रश्न गरेकी थिइन्। उनले विगतमा कांग्रेको नेतृत्वमा माओवादी द्वन्द्वलाई शान्तिप्रक्रियामा ल्याएको स्मरण गर्दै भनिन्, '१० वर्षको द्वन्द्व शान्तिमा ल्याउनु गलत थियो भन्ने सरकारको निष्कर्ष हो? सरकारलाई पक्राउ गरेर गोली हान्ने अधिकार कसले दियो?'

यी विषयमा चित्त बुझ्दो जवाफ नआएमा संसद अवरुद्ध गर्ने भुसालले चेतावनी दिएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.